कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ट्रक बेचेर बाख्रापालन

ट्रक किन्दा ४८ लाख रुपैयाँ लगानी गरेका सुनील घिमिरेले बेच्दा १९ लाख हात पारे, केही गर्दा पनि नभएपछि पाँच वर्षअघि बाख्रापालनतिर लागे, अहिले भने आफ्नो कामबाट सन्तुष्ट छन् 

काठमाडौँ — शिवराज नगरपालिका–१, बनकसबासाका ४३ वर्षीय सुनील घिमिरे अहिले बाख्रा हेरचाहमा व्यस्त छन् । आफूले जानेको सीप र व्यवसायमा नोक्सानी बेहोरेपछि उनी बाख्रापालनमा जुटेका हुन् । बनकसबासामा फार्म नै दर्ता गरेर उनी अहिले बाख्रा पालनलाई व्यावसायिक बनाउँदै छन् ।

ट्रक बेचेर बाख्रापालन

कुनै बेला घिमिरे राम्रा मेकानिक्स थिए । ग्यारेज खोलेर केही समय सेवा दिए । तर उनले सोचेजस्तो भएन । त्यसपछि वैदेशिक रोजगारीका निम्ति साउदी अरब पुगे । त्यहाँ उनले अटो हेल्परको काम गरे । त्यहाँ पनि सोचेजस्तो कमाइ नभएपछि नेपाल फर्केर बोलेरो जिप किनेर चलाएको उनले सुनाए । ‘जिपको कमाइले ब्याज तिर्न पनि पुगेन,’ उनले भने, ‘त्यसपछि त्यो पनि बेचेर बैंक ऋण लिई १० र १२ चक्के पुरानो ट्रक किनें ।’ जुनसुकै काम गरे पनि घाटा सिवाय केही नभएको उनले सुनाए । ट्रक खरिद गर्दा ४८ लाख रुपैयाँ लगानी गरेका उनले बेच्दा १९ लाख हात परेको सुनाए । ‘केही गर्दा पनि नभएपछि पाँच वर्षअघि बाख्रा पालनतिर लागेको हुँ,’ उनले भने, ‘अहिले आफ्नो कामबाट सन्तुष्ट छु, हिम्मत नहारीकन काम गरेपछि एक दिन सफल भइने रहेछ ।’

पूरा पढ्न : ट्रक बेचेर बाख्रापालन

प्रकाशित : असार ५, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×