विस्फोटमा संलग्नलाई कारबाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको बम विस्फोटमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको ज्यानै लिने गरी गराइएको विस्फोटलाई ‘आततायी घटना’ को संज्ञा दिएका छन् ।

धनुषा बमकाण्ड : टोल घेरा हालेर प्रहरीले नियन्त्रणमा लियो आरोपी

शुक्रवार राती धनुषाको क्षीरेश्वर नगरपालिका–५ कुसाई टोलमा भएको बमकाण्डका संलग्न भएको आरोपमा प्रहरीले टोल घेरा हालेर दुई महिलालाई पक्राउ गरेको छ । बम राखेको आशंकामा हंसपुर नगरपालिका–२ बघचौडाको सिंगै टोल घेरा हालेर प्रहरीले २ महिलालाई पक्रेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

जिल्लाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

धनुषा बम विस्फोट : ‘शंकास्पद झोला लट्ठीले सार्न खोज्दा पड्कियो’ 

धनुषाको क्षीरेश्वर नगरपालिका–५ कुसाई टोलस्थित औषधि व्यावसायीको घरमा शुक्रबार राति भएको बम विस्फोटमा ३ जनाको मृत्यु भयो । घटनामा घरधनी ४५ वर्षीय राजेश साह, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै र प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकाे हो ।

धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु [अपडेट]

धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए । 

धनुषामा बम विस्फोट हुँदा बाबु-छोराको मृत्यु, ४ सुरक्षाकर्मी घाइते 

धनुषाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलमा रहेको एक औषधि व्यवसायीको घरमा शुक्रबार अबेर राति बम विस्फोट हुँदा घरधनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् ।