प्रदेश प्रमुख

सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाहालको दाबी 

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश प्रमुख नियुक्तिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले जनाएको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन् । उनले पार्टीभित्र छलफल हुनु स्वाभाविक रहेको भन्दै चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिने जनाए । नेता नेपालले प्रदेश प्रमुखमा आफ्ना निकटलाई नियुक्ति नगरिएको भन्दै चित्त दुखाएका छन् । 

सबै प्रदेश प्रमुख बर्खास्त

देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखलाई ओली सरकारले एकैचोटि पदमुक्त गरेर गणतन्त्र नेपालका सबै प्रदेशहरू प्रमुखविहीन बनाएको खबरले सत्तापक्ष र प्रतिपक्षको दूरी बढाउने अनुमान गर्न सकिन्छ  ।

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी छिन् । प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना लगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यी हुन् नेता नेपालको पार्टीमा असहमतिका शृंखला

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुखमा नपरेपछि पार्टीमा फरक मत दर्ता गराएका छन् । नेकपा सचिवालयको सोमबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमाले र अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी पक्षबाट मिलाएर नाम प्रस्ताव गरेका थिए । तिनमा एकजना पनि आफ्नो पक्षका नपरेपछि नेपालले फरक मत राखेका हुन् । 

प्रदेश प्रमुखमा आफूले सिफारिस गरेको नामै‌ नपरेपछि माधव नेपालको असहमति

नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाममा पार्टीभित्र असहमति राखेका छन् । उनले सिफारिस भएका नाम एकपक्षीय भएको भन्दै असहमति राखेका हुन् । उनले सिफारिस गरेको कुनै व्यक्ति पनि प्रदेश प्रमुखमा परेनन् । 
ADVERTISEMENT
ADVERTISEMENT

नेकपाले गर्‍यो प्रदेश प्रमुखहरुको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । सचिवालय बैठकले चयन गरेका नामहरु केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् ।