सभामुख महरा

जिल्ला अदालत काठमाडौंमा महरासँग बयान जारी

जिल्ला अदालत काठमाडौंले बलात्कारको प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिन थालेको छ । जिल्ला अदालतका १ नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि अदालतका कर्मचारीहरुले बयान लिइरहेका छन् ।

महराविरुद्ध साढे ७ वर्ष कैदको मागदाबी

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’ (सरकारी वकिलको कार्यालयले राखेको कोड नाम) माथि बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो । 

महरा प्रकरण : पीडितको चिठीमाथि तत्काल सम्बोधन नहुने

जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध कुनै अभियोगपत्र दर्ता नहुञ्जेल उनीबाट पीडित भएकी भनिएकी युवतीको निवेदनमाथि कुनै सम्बोधन नगर्ने भएको छ ।

महरा विरुद्धको आरोपमा बहस जारी

बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गरेका छन् ।

महरालाई जिल्ला अदालतमा पेस गरियो

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले मंगलबार अदालतमा पेस गरेको छ ।

हिरासतमा रहेका महरा रक्तचाप बढेपछि स्वास्थ्य परिक्षणका लागि नर्भिक अस्पतालमा, भर्ना गर्ने/नगर्ने टुंगो नभएको प्रहरीको भनाई

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा गत आइतबार पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परिक्षणका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ ।
ADVERTISEMENT

महराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक हिसाबमा स्वास्थ्य परिक्षण

सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो । 

निवर्तमान सभामुख महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ [तस्बिरहरु]

महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ ।प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ ।

महरा प्रकरण : मानव अधिकार आयोगले बनायो अनुसन्धान टोली

राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन सभामुख कृष्णबहादुर महराबाट संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि दुर्व्यवहार भएको भनिएको घटना अनुसन्धान गर्न शुक्रबार तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

महरा प्रकरण : फरेन्सिक जाँचको तयारी

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुर्व्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । 

दोषी ठहरिए कारबाही भोग्नुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहार आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । 

महरा प्रकरण : राजीनामा पनि स-सर्त ? फरक दलको सभामुख/उपसभामुखको बाटो खुल्यो

सभामुख कृष्णबहादुर महराले राजीनामा  पत्रमा ‘छानविन नसकिँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा पत्रको भाषा हेर्दा उनी छानविन सकिएपछि फेरी फर्किन चाहन्छन् भन्ने झल्किन्छ । तर संधिवान र कानुनले उनको यो भाषालाई चिन्दैन । राजीनामा दिएपछि उनको पद गएको छ । उनले उपसभामुखलाई राजीनामा दिएका छन् । 

महरा यौन दुर्व्यवहार प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, पीडित महिला किटानी जाहेरी दिँदै

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुर्व्यवहार आरोपको प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको बताएको छ । यस्तै दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।

नेकपा सचिवालय बैठकको निर्णय : सभामुख महरालाई राजीनामा गर्न सुझाव

प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसदबाट राजीनामा गर्न सुझाव दिने निर्णय गरेको छ ।

सभामुखमाथिको गम्भीर आरोपको छानबिन नागरिकसरह हुनुपर्छ : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले संघीय सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले लगाएको बलात्कारको आरोपबाट आफू स्तब्ध भएको भन्दै यसको अन्त्य विज्ञप्ति जारी गरेर मात्र नहुने बताएका छन् ।

सभामुख महरालाई लगाइएको दुर्व्यवहार आरोपको निजी सचिवालयद्वारा खण्डन

सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने सभामुखको निजी सचिवालयले त्यसको खण्डन गरेको छ । सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।