कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सेन्ट जेभियर्स र दीक्षालय च्याम्पियन

काठमाडौँ — सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११ औं कीर्तिपुर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेन्ट जेभियर्स ब्वाइज र दीक्षालय गर्ल्समा च्याम्पियन बने ।

सेन्ट जेभियर्स र दीक्षालय च्याम्पियन

कीर्तिपुर बास्केटबल संघ र युनिक युनाइटेड ग्रुपद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेन्ट जेभियर्सले ज्ञान निकेतनलाई ६९–४२ स्कोरले पराजित गर्‍यो ।

कीर्तिपुरस्थित कभर्डहलमा गर्ल्सको फाइनलमा दीक्षालयले रिब्सलाई २५–२३ को साँघुरो अन्तरले हरायो । निर्धारित समय २१–२१ को बराबरीमा खेल टुंगिएको थियो ।

ब्वाइजमा सेन्ट जेभियर्सका शुभम् सैंजु र गर्ल्समा दीक्षालयकी दीपशिखा गोले तामाङ मोस्ट भ्यालुएबल प्लेयर चुनिए । ब्वाइजमा २६ तथा गर्ल्समा १५ टिमले प्रतिस्पर्धा गरेको आयोजक कीर्तिपुर बास्केटबल संघका अध्यक्ष ससिर महर्जनले जनाएका छन् ।

प्रकाशित : असार ४, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×