कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दीपकको शतकमा भक्तपुर विजयी

काठमाडौँ — मूलपानी क्रिकेट मैदानमा आइतबार भक्तपुर क्रिकेट सेन्टरले एनसीसीएस भ्याली कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा जित पाएको छ ।

दीपकको शतकमा भक्तपुर विजयी

भक्तपुरले बलपार्क स्पोर्टस एन्ड इभेन्टस एकेडेमीलाई डकवर्थ लुइस पद्धति (डीएलएस) का आधारमा १९ रनले पराजित गरेको हो ।

वर्षाले प्रभावित भएपछि दोस्रो इनिङ्सलाई १३ ओभरमा घटाइएर नयाँ लक्ष्य दिइएको थियो । १ सय २६ रन लक्ष्य पछ्याएको बलपार्कले पूरा ओभर ब्याटिङ गरे पनि ३ विकेट गुमाउँदै १ सय ६ रनमात्र बनाउन सक्यो । बलपार्कका विवेक थापमगरले अविजित ३४, रवि शाहले २८ र सुमित महर्जनले १९ रन जोडे । भक्तपुरका विकास आग्री, अमरसिंह राउटेला र दीपक बोहराले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भक्तपुर सेन्टरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । भक्तपुरका दीपक बोहराले ६४ बलमा अविजित ११२ रन बनाए । आयुशमान बमले १९ र विनोद तामाङले १६ रन जोडे । बलपार्कका तिलकराज भण्डारी, पंकज पाण्डे र प्रसिद्ध वज्राचार्यले १–१ विकेट लिए । प्लेयर अफ द म्याच भक्तपुरका दीपक बोहरा भए । उनले शतक बनाएका थिए ।


प्रकाशित : जेष्ठ १३, २०८१ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?