कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१० औं एमेच्योर ओपन गल्फ यसै साता

काठमाडौँ — नेपाल गल्फ संघले नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको १०औं संस्करण बुधबारदेखि आयोजना गर्ने भएको छ ।

१० औं एमेच्योर ओपन गल्फ यसै साता

नेपाली गल्फको सबैभन्दा ठूलो एमेच्योर प्रतियोगिता गोकर्ण फरेस्ट गल्फ कोर्समा ५४ होलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा करिब ४५ पुरुष र १५ महिला गल्फरको सहभागिता रहने संघका महासचिव दीपक आचार्यले जनाकारी गराए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पर्यटन बोर्ड, गोकर्ण गल्फ कोर्स, होटल रोयल सिंगीलगायतले सहयोग गर्नेछन् ।

फाइनल राउन्डमा पुरुष र महिला दुवैतर्फ ३६ होलपछि कट लागू गरिनेछ । पुरुषमा टिम इभेन्टमा पनि प्रतिस्पर्धा हुनेछ । ३६ होलपछिको कुल स्कोरले टिम च्याम्पियन निर्धारण गर्नेछ ।

विश्व एमेच्योर गल्फ वरीयाताको यस प्रतियोगितामा पुरुषतर्फ नेपालसहित बंगलादेश, भुटान, भारत, श्रीलंकाका गल्फ खेलाडीले भाग लिनेछन् । महिलातर्फ नेपालसहित भारत, श्रीलंकाका खेलाडी प्रतिस्पर्धी हुनेछन् ।

नेपाल ‘ए’ टिमबाट सद्भाव आचार्य र टासी छिरिङ, ‘बी’बाट वाङचेन ढोन्डुप र राहुल विश्वकर्माले प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष टासी घलेले विगतका संस्करणभन्दा यसपालि प्रतियोगिता अझै प्रतिस्पर्धात्मक हुने बताए । उनले सार्क राष्ट्रका राम्रा गल्फरको सहभागिता रहने र त्यसले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने बताए । भारतबाट गत वर्षका विजेता सुमित कोटवालसहित साट मिश्र, भुटानबाट निम दोर्जी तामाङ, बंगलादेशबाट शाहब उद्दिन, मोहम्मद अबुबकारलगायतले भाग लिनेछन् ।


प्रकाशित : जेष्ठ १३, २०८१ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×