कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

भ्याली कप फुटसल आइतबारदेखि

काठमाडौँ — भ्याली पब्लिक स्कुलको आयोजनामा प्रथम भ्याली पब्लिक एसईई कप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

भ्याली कप फुटसल आइतबारदेखि

प्रतियोगितामा १८ ब्वाइज टिमको सहभागिता रहने भ्याली पब्लिकका महेश अधिकारीले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा टोखा एफसी, टिभ्स ‘बी’, टिम विष्ट, ब्रदर्श एफसी र डाउनटाउन तथा समूह ‘बी’ मा साइप्रस, भक्तपुर योङ्स, जुगल नव गुरुकुल, द सेभेन ब्रस र श्रमशील एकेडेमी छन् ।

समूह ‘सी’ मा रोयल कपन, ड्रागन एलिट एफसी, समृद्धि, भ्याली पब्लिक ‘बी’ तथा समूह ‘डी’ मा विद्याआर्जन टिभ्स ‘ए’, भ्याली पब्लिक ‘ए’ र सेक्रेड हार्ट छन् ।

विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगिताका खेल भ्याली पब्लिकको आफ्नै कोर्टमा हुनेछ ।

प्रकाशित : जेष्ठ १२, २०८१ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?