१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

ऋतिक र प्रदीप सेमिफाइनलमा

काठमाडौँ — ऋतिक राना १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार सेमिफाइनल पुगेका छन् । ऋतिकले आशिष खड्कालाई ६–२, ६–३ को सोझो सेटमा हराए ।

ऋतिक र प्रदीप सेमिफाइनलमा

अन्य खेलमा राष्ट्रिय च्याम्पियन प्रदीप खड्काले आयुशमान घलेलाई ६–०, ६–३ ले, प्रणव खनालले आर्यन गिरीलाई ६–७, ६–४, ६–२ ले र प्रणव मानन्धरले निशान श्रेष्ठलाई १–६, ६–३, ६–२ को सेटमा हराएर सेमिफाइनल तय गरे ।

मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, आइसा डोल्कर गुरुङ र आर्यन गिरी, सुमन लामा र भगवती बिक तथा ऋतिक राना र अभिलाषा विष्टको जोडी सेमिफाइनलमा पुगे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्जिवकुमार श्रेष्ठ र दुर्गा केसी, मनोज श्रेष्ठ र अञ्जन बानियाँ, भीष्मजंग गुरुङ र देव क्षेत्री तथा नवीन श्रेष्ठ र सुकमान तामाङको जोडीले सेमिफाइनल सुरक्षित गरे ।

प्रकाशित : वैशाख ११, २०८१ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?