कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कोलकाताको बेंगलुरुमाथि रोमाञ्चक जित

एजेन्सी

कोलकाता — आईपीएलअन्तर्गत आइतबारको खेलमा कोलकाता नाइटराइडर्सले बेंगलुरुमाथि एक रनको झिनो रोमाञ्चक जित निकालेको छ। अन्तिम बलमा जितका लागि तीन रन चाहिएकोमा बेंगलुरुले एकै रन मात्र बनाउन सक्यो र लुकी फर्गुसन रनआउट भए ।

कोलकाताको बेंगलुरुमाथि रोमाञ्चक जित

जितका लागि २ सय २३ रन पछ्याएको बेंगलुरुले सबै विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । करण शर्माले सात बलमा २० रन बनाएर बेंगलुरुलाई जिततर्फ अग्रसर गराए पनि उनी दोस्रो अन्तिम बलमा आउट भए ।

बेंगलुरुलाई जितसम्म पुग्न अन्तिम ओभरमा २१ रन चाहिएको थियो । त्यस अगाडि कोलकाताले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय २२ रन बनाएको थियो । यो जितपछि कोलकाता १० अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । बेंगलुरु भने दुई अंकका साथ दस टिममध्ये पुछारमा छ ।

प्रकाशित : वैशाख ९, २०८१ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?