२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

धरानलाई हराउँदै विराटनगर सेमिफाइनलमा 

विराटनगर — फियर फुटवल क्लव धरानलाई २-० गोलले पछि पार्दै पेमा फुटबल क्लब विराटनगर चौँथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।

धरानलाई हराउँदै विराटनगर सेमिफाइनलमा 

विराटनगर जुट मिलको खेलमैदनमा शनिबार भएको खेलमा विराटनगरका लागि दुवै गोल विजु भुजेलले खेलको दोस्रो हाफमा गरे । उनी म्यान अफ द म्याच भए ।

विराटनगरले फाइनल प्रवेशको लागि कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब गोलबजार सिरहाको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विजुले विराटनगरकालागि खेलको ५५ औ मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले धरानका गोलरक्षक प्रभात राई पोष्ट भन्दा अगाडि बढेको मौका छोप्दै ३० यार्डवाट दोस्रोवार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको थियो ।

एक गोलले अग्रता लिएको सात मिनेट नबित्दै बिजुले टिमकालागि दोस्रो गोल गरे । कमल खवासको कर्नर भलीमा उनले व्यक्तिगत र टिमकालागि दोस्रो गोल गरेका थिए ।

दुई गोलले पछि परेको घरानले खेलको अन्तिम समयमा सुधारिएको खेल पस्केपनि फिनिसिङमा चुक्दा गोलका अवसर खेर फ्याल्दै घर फर्कियो । उसका निर्मल लिम्बुले ६५ औं मिनेटमा गरेको कडा प्रहार बाहिरियो ।

त्यसलगतै धरानका कप्तान सुवास तामाङले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रमोजे गच्छदारले उत्कृष्ट बचाए । निश्चल लिम्बुले ७० औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार बाहिरदा सान्तवना गोल फर्काउन अवसर पनि खेर फाले ।

प्रतियोगिताको तेस्रो खेल आइतबार टिडबलू विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।

प्रकाशित : वैशाख ८, २०८१ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?