कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आईपीएल २०२४ : दिल्लीको दोस्रो जित

एजेन्सी

लखनउ — जेक फ्रेसर–म्याकग्रुकले आईपीएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । अघिल्लो दिनमात्रै २२ औं जन्मदिन मनाएका फ्रेसर–म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे ।

आईपीएल २०२४ : दिल्लीको दोस्रो जित

त्यसको मद्दतले दिल्लीले ११ बलको खेल बाँकी छँदा ४ विकेट गुमाएर १ सय ७० रन बनायो र पहिले ब्याटिङ गर्दै लखनउले ७ विकेटमा बनाएको १ सय ६७ रनलाई उछिन्यो । दिल्लीको यो दोस्रो जितमात्रै हो र यससँगै १० टिम सम्मिलित प्रतियोगिताको नवौं स्थानमा उक्लेको छ । लखनउ भने चौथो स्थानमा छ ।

लखनउका लागि आयुष बदोनीले सर्वाधिक ५५ रन बनाए । दिल्लीका लागि २० रन खर्चेर ३ विकेट लिएका कुलदीप यादव ‘प्लेयर अफ द म्याच’ रहे । त्यसपछि अस्ट्रेलियाली फ्रेसर–म्याकग्रुकले ३५ बलमा ५५ रन जोडे । उनले २ चौका र ५छक्का प्रहार गरे । ऋषवले पनि ४१ रनको योगदान दिए ।

प्रकाशित : वैशाख १, २०८१ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?