२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नवमीडाँडामा आमन्त्रित फुटबल प्रतियोगिता चैत २८ देखि

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडामा मुस्ताङ अन्तर जिल्ला आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ ।

नवमीडाँडामा आमन्त्रित फुटबल प्रतियोगिता चैत २८ देखि

नव वर्ष २०८१ को अवसर पार्दै तिजोक युवा क्लवले प्रतियोगिताको आयोजना गर्न लगेको हो । चैत २८ देखि बैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक तिजोक युवा क्लव, मैवाखोला गाउँपालिका ताप्लेजुङ, वाइ एफ सी मोरङ, आठराई गाउापालिका तेह्रथुम, के एफ सी झापा, पाथीभरा युवा क्लव सुनसरी, नवकिरण स्पोर्टिङ क्लव झापा र आत्मा पवित्र हक्चात यक्चुम माङसेवुङ इलामले भाग लिने आयोजक तिजोक युवा क्लवले जनाएको छ ।

प्रतियोगिताका विजेताले २ लाख ५ हजार ५ सय ५५ र उपविजेतले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष हेमराज आङदेम्वेले बताए ।

१६ लाख रुपैयाँको लागत अनुमान गरिएको प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकाले १ लाख ५० हजार र वडा कार्यालय नवमीडाँडाले १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?