२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अन्तरप्रदेश खेलकुदमा कोसीबाट दुई सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्ने

अर्जुन सुवेदी

सुनसरी — चितवनमा आइतबारदेखि सुरु हुने अन्तरप्रदेश खेलकुदमा कोशी प्रदेशबाट दुई सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशका खेलाडीहरूलाई शनिबार बिहान बिदाइ गरिएको छ ।

अन्तरप्रदेश खेलकुदमा कोसीबाट दुई सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्ने

इटहरी रंगशालामा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्ले, उपाध्यक्ष विन्दिया कार्की लगायतले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । कोशी प्रदेशका बिभिन्न जिल्लाबाट छनौट भएर आएका खेलाडीहरु एकसाता यता इटहरी रंगशालामै बन्द प्रशिक्षणमा रहेका थिए ।

महिला क्रिकेट र स्विमिङका खेलाडी भने चितवन पुगिसकेका छन् । शनिबार महिला तथा पुरुष फुटबलतर्फ ४०, भलिबलका २८, तेक्वान्दोका २५, एथलेटिक्समा ३९, करातेमा २४, बक्सिङमा १७ र ब्याडमिन्टनमा ८ जना गरि एक सय ८१ खेलाडी चितवन हिँडेका हुन् ।

खेलाडीहरूलाई बिदाइ गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेशको मात्र नभएर सिंगो राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गरे । कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई आधार मान्दा उत्कृष्ट नतिजा आउने दाबी गरे ।

विभागीय खेलाडीको सहभागिता नरहने भएकाले पनि नतिजा राम्रो हुने बताउँदै उनले तयारी राम्रो सम्पन्न भएको जानकारी दिए । समूहगत तर्फको भलिबल, फुटबलमा र महिला क्रिकेटतर्फ मेडलको अपेक्षा गरेको उनले बताए । चितवनमा आइतबारदेखि आगामी वैशाख १ गतेसम्म बाग्मती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ ।

चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घघाटन गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुने आयोजकले जनाएको छ ।

पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

प्रकाशित : चैत्र २४, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?