२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सातौं दिलीप स्मृति तेक्वान्दो सुरु

काठमाडौँ — दिलीप स्मृति प्रतिष्ठानले आफ्ना ६ खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । प्रतिष्ठानकै आयोजनामा शुक्रबार सुरु तेस्रो वाग्मती प्रदेश आमन्त्रण तथा सातौं दिलीप स्मृति तेक्वान्दो प्रतियोगिताको उद्घाटनको अवसरमा उनीहरू सम्मानित भएका हुन् ।

सातौं दिलीप स्मृति तेक्वान्दो सुरु

सम्मानित हुने खेलाडीमा ममता रिजाल, सुप्रिका गुरुङ, रोजिना तामाङ, करण धोली, निश्चल धोली र लक्ष्मी खत्री छन् ।

पहिलो दिन पुरुष १९ केजीमुनि आयोजक ‘बी’ का आरभ तामाङ, ३१ केजीमुनि द नेक्स्ट लेभलका निशान जर्घामगर, ४९ केजीमुनि आयोजक ‘ए’ का किरण तामाङ र ३५ केजीमुनि ढल्कोका रिदम बीसीले स्वर्ण जिते ।

महिला ४६ केजीमुनि आयोजक ‘बी’ की सुप्रिमा बजगाईं, २३ केजीमुनि आयोजक ‘बी’ की कृपा गौतम, ६४ केजीमुनि आयोजक ‘ए’ की कञ्चन नेपाली र ५२ केजीमुनि काभ्रेकी एलिना श्रेष्ठ पहिलो भए ।

पुरुषमा १३ र महिलामा ११ तौल समूहमा १ सय ६५ खेलाडीको सहभागिता रहेको आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाए । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबार सकिनेछ ।

प्रकाशित : चैत्र २३, २०८० २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मधेशमा चर्केको पानीको समस्या सुनाउन २५ दिन पैदल हिँडेर काठमाडौं आएका नागरिकहरू डेढसातादेखि माइतीघरमा धर्नामा बसिरहेका छन् । सरकारले किन वास्ता नगरेको होला ?