२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

विराट गोल्डकप : कोलकातालाई हराउँदै मछिन्द्र अन्तिम चारमा 

विराटनगर — भारत कोलकोताको साउदर्न समिति फुटबल क्लबमाथि २–१ गोलको कठिन जित निकाल्दै मंगलबार मछिन्द्र एफसी काठमाडौं आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मछिन्द्रको जितसँगै प्रतियागिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

विराट गोल्डकप : कोलकातालाई हराउँदै मछिन्द्र अन्तिम चारमा 

सहिद मैदानमा भएको रात्रिकालीन खेलमा मछिन्द्रले बाजी मार्दा विदेशी खेलाडी स्टेफिन विनोङ नायक भए । स्टेफिनबाटै मछिन्द्रका लागि दुवै गोल सम्भव भएको थियो । उनी खेलको प्लेयर अफ द म्याच घोषित हुँदै ११ हजार रुपैयाँ पाए ।

मछिन्द्रले फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतको सामना गर्ने छ । यसअघि घरेलु टिम सांग्रिला फुटबल क्लब मोरङ र विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) अन्तिम चारमा पुगिसकेका छन् । एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाइजलाई २–० गोलले र सांग्रिलाले भुटानको आरटीसीएफसीको चुनौती ३–२ गोलले पन्छाउँदै सेमिफाइनल भेट पक्का गरेका हुन्।

बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सांग्रिला मोरङ र एपीएफबीच हुने छ ।

प्रकाशित : चैत्र २०, २०८० २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?