२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बैजनाथपुरमा बन्ने रंगशाला एकैपटक १५ खेल खेल्न मिल्नेस्तरको हुने

विनोद भण्डारीे

विराटनगर — संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले विराटनगर-१९ मा रहेको बैजनाथपुर खेलमैदानमा एकसाथ विभिन्न १५ वटा खेल खेल्न सक्ने अन्तर्राष्ट्रियस्तरको इण्डोर क्रिकेट रंगशला निर्माण गर्न सरकारले आवश्यक प्रक्रिया सुरु गरेको बताएका छन् ।

बैजनाथपुरमा बन्ने रंगशाला एकैपटक १५ खेल खेल्न मिल्नेस्तरको हुने

त्यसका लागि सरकारले पहिलो चरणमा विराटनगरको बैजनाथपुरसहित काठमाडौंको मुलपानी क्रिकेट मैदान र चितवन रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समावेश गराएर अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण प्रक्रिया सुरु गरेको र चारवर्ष भित्रमा तीनवटै रंगशाला निर्माण भइसक्ने लिम्बुको भनाई थियो ।

विराटनगरको बैजनाथपुरमा करिव १५ हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको अन्तर्राष्ट्रिय स्तरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानसहित १५ वटा खेल एकै पटक आयोजना गर्न सकिने इण्डोर रंगशाला चार वर्ष भित्रमा निर्माण हुने मन्त्री लिम्बुले कान्तिपुरलाई बताए ।

मुलुकको खेल क्षेत्रले फट्को मारेसँगै पूर्वाधार विकास गर्नुपर्ने दबाब सरकारलाई परेको थियो । एसिया कपमा नेपाली क्रिकेट टिमले दमदार खेल पस्कदै मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गरायो । मन्त्री लिम्बुले भने त्यसकै रन्कोमा सरकारले पहिलो चरणमा मुलपानी क्रिकेट मैदान, चितवन र विराटनगरको बैजनाथपुर खेल मैदानलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरेर अन्तराष्ट्रिय स्तरका क्रिकेट मैदान र रंगशाला निमार्णको तयारी गरिएको हो ।

उनकाअनुसार दोस्रो चरणमा जनकपुर, भैरहवा, कैलानी, पोखरा, नेपालगञ्ज र महेन्द्रनगरका खेल मैदानलाई स्तरोन्नती गर्ने सरकारको योजना रहेको छ । मुलुक अहिले क्रिकेटमय भएका कारण यसवेला सरकारको पहिलो प्राथामिकतामा क्रिकेट परेको उल्लेख गर्दै मन्त्री लिम्बुले कान्तिपुरसित भने,' सबै खेलले नतिजा ल्याउन सक्ने स्थिति छैन, तर कुन-कुन खेललाई प्राथामिकता दिने औंल्याएर स्रोतसाधन र प्रशिक्षणको व्यवस्था गर्ने सरकारको तयारी छ ।

बैजनाथपुर खेलमैदानको डीपीआर निर्माणकालागि सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्री लिम्बुका अनुसार सबै काम ग्लोबल टेण्डर मार्फत् हुनेछ। उनका अनुसार यो रंगशला निर्माणकालागि राष्ट्रिय गौरवको योजना अर्न्तगत ३ अर्ब लगानी गर्ने सरकारको तयारी छ ।

विराटनगरको सहिद मैदानलाई फुटबलका लागि विशेष प्राथामिकता दिइने छ । त्यसका लागि प्रदेश सरकारले करिब ६ करोडको लागतमा रात्रीकालीन फुटवल खेलाउन त्यहाँ फलड्लाइटको व्यवस्था गरिसकेको छ ।

गिरिजाप्रसाद कोइरालाको पहलमा अढाई दशक अघि ८१ लाख मूल्यका खरिद गरिएको १५ विघा १५ धुर जमिन रहेको बैजनाथपुर रंगशालामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश सरकारको करिब तीन करोडको लागतमा क्रिकेटको टर्फ विकेट, स्कोर बोर्ड र साइडस्क्रिन निर्माण गरेर क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको क्रिकेट संघ मोरङका अध्यक्ष महोमद साद बाबु बताए । यो रंगशलामा सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष क्रिकेट खेल खेलाइएको थियो । त्यसैगरी यहाँ सफ्ट टेनिस र सुटिङ हलपनि निर्माण गरिएको छ । मैदानमा माटो भर्ने र तारजालीले घेरिएको छ ।

खेलाडीलाई भिआईपी पास र रातो पासपोर्ट दिने गृहकार्य

सरकारले अन्तर्राष्ट्रिय स्तरको खेलाडीको जीवीकोपार्जन र सम्मानको व्यवस्था पनि गर्ने तयारी गरेको मन्त्री लिम्बुले बताए । अन्तर्राष्ट्रियस्तरमा त्यस्ता खेलाडीलाई भिआईपी पास र रातो पासपोर्ट दिने चलन रहेछ । मन्त्री लिम्बुले भने नेपाली अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई पनि राष्ट्रिय सम्मानका नाममा भिआईपी पास र रातो पासपोर्टको व्यवस्था गरेर सम्मान गर्ने गृहकार्यमा सरकार लागेको बताए ।

लिम्बुले भने अन्तर्राष्ट्रिय सिद्धान्त र चलनलाई अध्ययन गरेर निश्चित अन्तराष्ट्रिय स्तरका खेलाडीलाई दुरुपयोग नहुने गरी रातो पासपोर्ट र भिआईपी पासको व्यवस्था गर्ने र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीको जिविकोपार्जनको व्यवस्थाकालागि सरकारले गृहकार्य गर्ने तयारी गरेको छ ।

प्रकाशित : मंसिर ६, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?