२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

बेलबारी गोल्डकप : ब्रिगेड ब्वाइज क्लब काठमाडौं उपाधि नजिक

विनोद भण्डारीे

विराटनगर — आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गको चुनौती ३–१ गोलले पन्छाउँदै ब्रिगेड ब्वाइज क्लब काठमाडौं छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । ब्रिगडले उपाधिका लागि सहलेश युथ क्लब सिरहा र विर्तामोड यूथ क्लब झापा बीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

बेलबारी गोल्डकप : ब्रिगेड ब्वाइज क्लब काठमाडौं उपाधि नजिक

सुरुआती अग्रतालाई जोगाउन नसक्दा आयोजक डाँगीहाटको उपाधि यात्रा अधुरै रह्यो । बिहीबार भएको खेलको चौथो मिनेटमै राजु लोप्चनको गोलमा डाँगीहाटले खेलमा अग्रता लिएको थियो । लोप्चनले मौसम लिम्बूको ब्याक फिलिक किकको सदुपयोग गर्दै बललाई पोष्टको दिशा दिएका थिए ।

मध्यान्तरसम्म १ गोलले पछि परेको ब्रिगेडले दोस्रो हाफमा खेल सुधार्दै ४६ औं मिनेटमा रोशन रानाको गोलमार्फत खेललाई बराबरी गरेको थियो । रानाले ३५ यार्डबाट दिपेश घलेले उपलब्ध गराएको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा एकपक्षीय खेल प्रस्तुत गरेको ब्रिगेडले ५७ औं मिनेटमा दिपेश घलेको गोलमा अग्रता लियो । कुशल देउवाको प्रहार गोलपोष्टको माथिल्लो बारमा लागेर डिबक्समा फर्किएको बललाई अनमार्क रहेका दिपेशले गोलमा परिणत गरेका थिए । ब्रिगेडका लागि तेस्रो गोल कुशल देउवाको नाममा रह्यो । उनले ७१ औं मिनेटमा दिपेशको पासमा गोल गर्दै टिममा जित निश्चित गरे । दिपेश म्यान अफ द म्याच भए ।

शुक्रबार सहलेश युथ क्लब सिरहा र विर्तामोड युथ क्लब झापाबीच अन्तिम सेमिफाइनल खेल हुने छ । प्रतियागिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख नगद पाउनेछन् ।

पहेँलो जर्सीमा आयोजक डाँगीहाट र रातोमा ब्रिगेड ब्वाइज क्लबका खेलाडी बल नियन्त्रणमा लिने प्रयास गर्दै । तस्बिर : कान्तिपुर

प्रकाशित : कार्तिक २, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?