कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विश्वकप छनोट खेल्ने टिमको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले विश्वकप छनोट प्रारम्भिक चरणमा बिहीबार लाओसको सामना गर्दैछ र त्यसको अघिल्लो दिन २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३४ सदस्यीय टिम घोषणा गरेका हुन् ।

विश्वकप छनोट खेल्ने टिमको घोषणा

नेपालले दशरथ रंगशालामा हुने पहिलो लेगको खेलमा लाओससँग भिड्न लागेको हो । दोस्रो लेगको खेल लाओसमै हुनेछ । घोषित टिममा परेका खेलाडीमा गोलरक्षकमा किरण लिम्बू, दीप कार्की र अभिषेक बराल छन् ।

यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ र एरिक विष्ट छन् । मिडफिल्डमा सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश छन्जु र मनीष डाँगी छन् ।

फरवार्डमा भने अञ्जन विष्ट, आयुष घलान, गिलेप्सीजंग कार्की, दिनेश हेम्जन, हिसुब थपलिया र सञ्जीव विष्ट छन् । बन्द प्रशिक्षणबाट बाहिरिनेमा सीमान्त थापा र अनिश देउला रहेका छन् ।

प्रकाशित : आश्विन २४, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?