२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८
महिला विश्वकप

सान्त्वना खुसीमा भिड्दै स्विडेन र अस्ट्रेलिया

रोयटर्स

मेलबर्न — अस्ट्रेलियाले आफ्नो सह–आयोजना भएको महिला विश्वकप फुटबलबाट त्यतिबेला सुखद बिदाइ
चाहने छ, जतिबेला टोलीले शनिबार तेस्रो स्थानलाई हुने खेलमा स्विडेनको सामना गर्नेछ ।

सान्त्वना खुसीमा भिड्दै स्विडेन र अस्ट्रेलिया

दुवै टिमका लागि तेस्रो स्थान सान्त्वना पुरस्कारबाहेक अरू केही भने हुने छैन । तर, आयोजक देशका रूपमा अस्ट्रेलिया यही कांस्य पदक जित्नका लागि भने प्रेरित रहनेछ । अस्ट्रेलियाली कप्तान साम केरले खेल अगाडिको प्रि–म्याच कन्फ्रेन्समा भनेकी छन्, ‘हामी सबैको खेल जीवनमा पछिल्लो चार साता खुबै सानदार र सम्झनलायक रह्यो । प्रतियोगिताका क्रममा जसरी पूरा देश हाम्रो समर्थनमा अगाडि आएको छ, त्यो निकै सुन्दर छ । हामीलाई थप एक खेल्नु छ र हामी यो जित्न चाहन्छौं ।’

तेस्रो स्थानको खेल लाङ–पार्कमा हुनेछ । अस्ट्रेलियाका लागि यहाँसम्मको यात्रा आफैंमा अद्वितीय छ । तर, स्विडेनका लागि भने यो खेलमा खासै रूचि नहुन सक्छ, किनभने टोलीले यसअघि तीनपल्ट तेस्रो स्थानमा चित्त बुझाइसकेको छ । त्यसमध्ये चार वर्षअगाडि फ्रान्समा भएको विश्वकपमा पनि स्विडेन तेस्रो नै भएको थियो ।

स्विडेनी व्यवस्थापनका लागि आफ्ना खेलाडीलाई मानसिक र शारीरिक रूपमा यस खेल खेल्न तयार पार्ने चुनौती रहनेछ । फेरि एकपल्ट फाइनल नजिक पुगेर त्यसमा प्रवेशको अवसरबाट वञ्चित भएपछि स्विडेनी खेलाडी स्तब्ध देखिएका छन् । स्विडेन टोकियो ओलम्पिकको फाइनलमा पनि क्यानडासँग पराजित भएको थियो । गत वर्षको युरोपेली च्याम्पियनसिपमा पनि स्विडेन सेमिफाइनलमा इंग्ल्यान्डसँग हारेको थियो । इंग्ल्यान्डले अन्ततः प्रतियोगिताको उपाधि नै जितेको थियो ।

यी सबै पृष्ठभूमिका बावजुत पनि स्विडेनी प्रशिक्षक पिटर गेरहार्डसन शनिबारको खेलमा आफ्ना खेलाडी राम्रो प्रदर्शनका लागि प्रेरित रहने मान्छन् ।

‘खेलाडीमा उत्प्रेरणाको कमीको कुरा छैन,’ प्रशिक्षक गेरहार्डसनले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘हाम्रा सबै खेलाडी राम्रो अवस्थामा छन् । हामीले सामना गर्नुपर्ने एकमात्र समस्या भनेको अस्ट्रेलियाका रूपमा त्यस्तो प्रतिद्वन्द्वी छ, जसलाई असाध्यै राम्रो गर्न तयार छ ।’ सेमिफाइनल अगाडि दुवै टिमले रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक मोडमा उनीहरू नराम्रोसँग चुकेका थिए ।

दुवै टिमले यसका लागि महँगो मूल्य चुकाउनुपरेको थियो । खेलको अन्त्यतिर स्विडेनको रक्षापंक्तिले स्पेनलाई रोक्न सकेको थिएन भने इंग्ल्यान्ड पनि अस्ट्रेलियाली रक्षापंक्तिसामु मजबुत देखिएको थियो । फेरि दुवै टिममा धेरै समानता पाइन्छ र दुवै पक्षका खेलाडी एक आपसमा परिचित पनि छन् ।

अस्ट्रेलियाली प्रशिक्षक स्वयं स्विडेनी हुन् । फेरि अस्ट्रेलियाका अधिकांस खेलाडी स्विडिस लिगमा खेल्छन् । अस्ट्रेलियाली प्रशिक्षक टोनी गुस्ताभसन भन्छन्, ‘यो खेल निकै शारीरिक हुने निश्चित छ । मलाई लाग्छ, दुवै टिमका खेलाडी आक्रामक भएर मैदानमा उत्रन्छन् । दुवैको लक्ष्य जितसँगै प्रतियोगिता टुंग्याउने नै हुनेछ ।’

प्रकाशित : भाद्र २, २०८० ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?