२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

एपीएफलाई भलिबलको उपाधि

प्रताप विष्ट

हेटौंडा — हेटौंडामा संचालित खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । 

एपीएफलाई भलिबलको उपाधि

हेटौंडा उपमहानगरपालिका—४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो । एपीएफले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो । शुक्रबार भएको सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको थियो भने आर्मीले नेपाल पुलिसलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट सेटर एपीएफका सुवास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजंग मल्ल घोषित भए । विधागत उत्कृष्टले नगद ५/५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

सान्त्वना पुरस्कार पुलिस र गण्डकीले ५०/५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता, उपविजेतालाई हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामालगायतले पुरस्कार वितरण गरे । जेठ १६ गतेदेखि संचालित प्रतियोगितामा विभागीय ३ टिमसहित ७ वटा टिमले भाग लिएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०८० १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?