कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
खुला राष्ट्रिय भलिबल

विभागीयसहित गण्डकीको यात्रा

हेटौंडा — हेटौंडामा जारी खुला राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टिम र गण्डकी प्रदेश सेमिफाइनलमा पुगेका छन् ।त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसँगै गण्डकी प्रदेशले सफलता पाउँदा घरेलु टोली मकवानपुर, झापाको पाथीभरा टाइगर भलिबल क्लब र स्याङ्जाको वालिङ भलिबल क्लब भने समूह चरणबाटै बाहिरिए ।

विभागीयसहित गण्डकीको यात्रा

बिहीबार हुने समूह चरणको अन्तिम खेलले मात्रै सेमिफाइनल समीकरण पूरा हुनेछ । बुधबार दोहोरो जित निकाल्दै आर्मी सेमिफाइनल पुगेको हो । एउटै समूहमा रहेका आर्मी र गण्डकी दुवै खेल जितेका थिए । दुवैका खेलमा मकवानपुर र वालिङ पराजित भए ।

हेटौडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा बुधबार आर्मीले मकवानपुर जिल्ला भलिबल टिमलाई २५–१४, २५–२२, २५–२२ को सोझो सेटमा हरायो । म्यान अफ द म्याच आर्मीका शरण सामरी चुनिए । दोस्रो खेलमा गण्डकीले वालिङलाई ३१ सेटले हरायो । पहिलो र दोस्रो सेट २५–१७, २५–१० ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट २३–२५ ले गुमायो । चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै गण्डकी अन्तिम चारमा पुग्यो ।

बुधबारै पुलिस क्लबले पाथीभरालाई २८–२६, २५–१५, २५–१८ को सोझो सेटमा पराजित गर्‍यो । म्यान अफ द म्याच पुलिसका कुलबहादुर थापा भए । अर्को खेलमा आर्मीले वालिङलाई २५–१२, २५–२१, २५–२२ को सोझो सेटमा हरायो । म्यान अफ द म्याच वालिङका रोशन मगर घोषित भए । बिहीबार मकवानपुर र वालिङ, एपीएफ र पुलिस तथा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।

स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ १८, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?