कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

‘सोचेभन्दा खराब नतिजा’

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इन्टरले २–० को अग्रता लियो
बीबीसी

मिलान — एउटा टिमका लागि यो निकै खराब सुरुआत रह्यो । मिलान डर्बीलाई लिएर सुरु भएको रोमाञ्चकता केही साता पुरानो भइसकेको थियो । तर जति बेला युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा इन्टर मिलानको सामना गर्दा ११ मिनेटभित्र एसी मिलान दुई गोलले पछाडि परिसकेको थियो । सन् २००५ यता च्याम्पियन्स लिगमा मिलान डर्बीको साइत जुरेको थियो । यति चाँडै दुई गोलले पछाडि पर्नेछ भनेर मिलानले सोचेकै थिएन ।

‘सोचेभन्दा खराब नतिजा’

दुवै लेगका खेल सानसिरोमा हुनेछन् । बुधबारको खेल भने मिलानको घरेलु खेल थियो । खेल सुरु हुन अगाडि मिलान समर्थकले दैत्यको त्यस्तो विशाल तस्बिर प्रदर्शन गरिरहेका थिए र त्यसमा लेखिएको थियो, नर्क त खालि छ, किनभने सबै दैत्य यहीं छन् । खेल सुरु मात्र के भएको थियो, इन्टर समर्थकका लागि यो त स्वर्ग पो सावित भयो । एडिन जेको र हेनरिख मखाटरेनले गोल गरे । खेलपछि मिलानका पूर्वगोलरक्षक अस्मिर बोगोभिचले ठिकै टिप्पणी गरे ।

उनको भनाइ थियो, ‘मिलानका लागि जति खराब हुनुपर्ने थियो, त्यो सबै भयो । पहिलो लेगमा यो त मिलानको निकै खराब सुरुआत रह्यो । यस्तो हुनेछ भनेर कसैले सोचेकै थिएनन् ।’ इंग्ल्यान्डका पूर्वकप्तान स्टेफन जेरार्डले कमेन्ट्री गर्दै भने, मिलानको प्रदर्शन निकै तल्लोस्तरको रह्यो । च्याम्पियन्स लिगमा यस्तो प्रदर्शन अस्वीकार्य छ । यो निकै डरलाग्दो स्थिति हो ।’ तर मिलानका लागि सबथोक बिग्रेकै भने छैन, सायद उसलाई जीवन्त रहने सञ्जीवनी पनि दिइएको छ ।

यसका लागि श्रेय इन्टरलाई नै दिनुपर्छ, किनभने उसले खेलका क्रममा गोल गर्ने धेरैभन्दा धेरै अवसर गुमाए । अनि भिडियो रेफ्रीका केही निर्णय पनि विवादास्पद रहे र यसले इन्टरलाई फाइदा पनि गरेन । इतिहासले के भन्छ भने मिलान डर्बी जहिले पनि सम्झनालायक हुन्छ, तर युरोपेली प्रतियोगितामा भने यो अपवाद रहने गरेको छ । बुधबारको खेल अगाडि युरोपेली प्रतियोगितामा यी दुई मिलान टिम खालि दुईपल्ट मात्रै भिडेका छन् ।

यस्ता खेलमा सबैभन्दा रोमाञ्चित हुने भनेका समर्थन नै हुन् । बुधबारको खेलमा मिलान समर्थक नै बढी थिए, किनभने यो टिमको घरेलु खेल थियो । यी समर्थकले खेल अगाडि नै चर्को नारा लगाउन सुरु गरिसकेका थिए, चारैतर्फ रातो धूवाँ बालिएको थियो । अनि चारैतर्फ ठूल्ठूला ब्यानर पनि थिए । तर मैदानी खेलमा भने मिलानको केही पनि चलेन । इन्टरको आक्रमण अगाडि मिलान फिक्का र कमजोर देखियो । पहिलो हाफमै इन्टरले पेनाल्टी प्रहारको निर्णय पाएको थियो ।

यो लउटारो मार्टिनेजमाथि भएको फलका कारण प्राप्त भएको थियो । तर ‘भार’ को मद्दतले यसलाई उल्टाउने काम भयो । खेलपछि इन्टर मिलानका प्रशिक्षक सिमोन इन्जाघीले ठिकै भने । उनी भन्थे, ‘पहिलो हाफमा हाम्रो प्रदर्शन वास्तवमै उत्कृष्ट रह्यो । तर स्कोरमा अझै पनि झिनो अन्तर मात्र रहेको छ । यो जितले हामी खुसी र सन्तुष्ट दुवै छौं । तर अझै पनि हामी ढुक्क हुन सक्ने स्थितिमा छैनौं ।’ लिभरपुलका पूर्वखेलाडी पिटर चेकले पनि मानेका छन्, मिलानको प्रदर्शन वास्तवमै सुस्त रह्यो ।’

प्रकाशित : वैशाख २९, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?