२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

लियोनसँग पीएसजी पराजित

एजेन्सी

पेरिस — फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फेरि पराजित भएको छ । उसलाई आइतबार भएको खेलमा लियोनले १–० ले हराएको हो । पीएसजी सन् २०२३ मा आफ्नै घरमा पराजित भएको यो सातौं पटक हो ।

लियोनसँग पीएसजी पराजित

लियोनको लागि बारकोलाले ५६ औं मिनेटमा निर्णायक गोल गरे । खेलका क्रममा पीएसजीका समर्थकले लियोनल मेसीलगायत अन्य स्टार खेलाडीको प्रदर्शनप्रति विरोधसमेत जनाएका थिए ।

यो नतिजापछि पनि पीएसजी ६६ अंकका साथ शीर्ष स्थानमै रहेको छ । लेन्स र मार्से समान ६० अंकमा शीर्ष तीन स्थानभित्र रहेका छन् ।

प्रकाशित : चैत्र २०, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?