फिफाद्वारा श्रीलंका प्रतिबन्धित- खेलकुद - कान्तिपुर समाचार

फिफाद्वारा श्रीलंका प्रतिबन्धित

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आइतबार श्रीलंकालाई प्रतिबन्ध लगाएको छ । फिफा काउन्सिलको शनिबार बसेको बैठकले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै जनवरी २१ बाट लागू हुने गरेर प्रतिबन्ध लगाएको बताएको छ ।

अर्को निर्णय नभएसम्मका लागि यो प्रतिबन्ध कायम रहनेछ । यसक्रममा श्रीलंका र त्यसको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन ।

यस्तै फिफा र एसियाली फुटबल महासंघ (एएफपी) ले गर्नु कुनै पनि विकास र प्रशिक्षणका कार्यक्रममा श्रीलंकाको सहभागिता हुने छैन । फिफाको यस निर्णयसँगै असारमा हुने साफ च्याम्पियनसिपमा श्रीलंकाको सहभागिता अन्योलग्रस्त भएको छ ।


प्रकाशित : माघ ८, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादीले बोलायो स्थायी समिति बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेकोपछिको अवस्था, पार्टीका बाँकी कामलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित : माघ ८, २०७९ १९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×