१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

अछामको मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

अछाम — अछामको मेल्लेख गाँउपालिका –६ शोडषामा सोमबार बिहान आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार मेल्लेख गाउँपालिका –६ शोडाषाका खम्म बोहराको खरले छाएको बाँझो छानोमा आगलागी हुँदा स्थानीय रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको मृत्यु भएको हो ।

मेल्लेख गाउँपालिकाको केन्द्रबाट १० किलोमिटर पूर्वमा रहेको शोडषामा आगलागी भएपछि प्रहरीको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

एक महिना अघि पनि मेल्लेख गाउँपालिका –४ ठाँटीमा आगलागीमा परि दुई बालबालिकाको मृत्यु भएको थियो । सुकेको घाँसमा सल्किएको आगोसँगै नन्द बुढाकी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको गोठभित्रै जलेर मृत्यु भएको थियो । एक महिनाको अवधिमा मेल्लेख गाउँपालिकामा मात्रै आगलागिमा परि ४ जना बालबालिकाको मृत्यु भएको छ ।


प्रकाशित : वैशाख ३, २०८१ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?