२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु 

मोहन शाही

डोटी — सडकमुनी लडेर बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो आदर्श गाउँपालिका २ मौवाका लोग विकको मृत्यु भएको हो । कारिया टोल सडक खण्डबाट १२ फिट तल खसेका विकको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा ल्याएर उपचार गराउँदा गराउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सइ नारायण सिं नेगीले बताए ।

साढे १२ बजेतिर बेहोस अवस्थामा फेला परेका विकको सवा ४ बजे जिल्ला अस्पतालमा मृत्यु भएको थियो । उनी सडकबाट कसरी खसे भन्नेबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र ३०, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?