२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

बैतडीमा खैरो हेरोइनसहित एक जना पक्राउ 

मनोज बडू

दार्चुला — बैतडीस्थित नेपाल–भारत सीमा जोड्ने झुलाघाटबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल आउने क्रममा शनिबार साँझ चेक गर्दा खैरो हेरोइनसहित वीरेन्द्र रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार इलाका प्रहरी कार्यालय झुलाघाट र सशस्त्र प्रहरीको झुलाघाट बीओपीबाट खटिएको संयुक्त टोलीले रावललाई भारतबाट फर्कने क्रममा खैरो हेरोइन फेला परेको हो ।

कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा दुई सय मिलिग्राम लागू औषध खैरो हेरोइनसहित रावललाई नियन्त्रणमा लिइएको बैतडी प्रहरीका सूचना अधिकारी खेमविक्रम केसीले बताए । आइतबार अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?