२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

बैतडीमा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मनोज बडू

दार्चुला — जयपृथ्वी राजमार्गको बैतडी–बझाङ सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बैतडी जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता खेमविक्रम केसीका अनुसार चालक सहित दुई जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना रातिको समयमा भएको र प्रहरीलाई आज बिहान मात्र जानकारीमा आएको उनले बताए । उनले ट्याक्टर सडकबाट करिब डेढ/दुई सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी खटिएको हुनाले घटनाबारे विस्तृत केही समयमा जानकारीमा आउने प्रहरीको भनाइ छ ।

प्रकाशित : चैत्र २३, २०८० ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?