२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका-३ गराकु खोलास्थित मुल्ला बगरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गएराति ९ बजेतिर काटै-बाज सडक खण्डको मुल्ला बगरमा मनाकोटका स्थानीय अन्दाजी ४० वर्षीय हरकसिंह नगालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मुल्ला बगरबाट बाँजतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार रहेका बेला ट्याक्टरबाट खसेर घटनास्थलमै नगालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक महाकालि नगरपालिका-३ बाजका धनसिंह महरालाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।

प्रकाशित : चैत्र २२, २०८० ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?