३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

प्रसूति व्यथा लागेकी महिलाको हवाई उद्धार

मनोज बडू

दार्चुला — रक्तश्राव भएपछि सुत्केरी व्यथा लागेकी महिलाकाे दार्चुलाबाट हवाइ उद्वार गरिएकाे छ । आइतबार बिहान लेकम गाउँपालिका-३ लालीबाट महिलाको हवाई उद्धार गरिएको हाे ।

प्रसूति व्यथा लागेकी महिलाको हवाई उद्धार

गाउँपालिकाकाे ३ नम्बर वडा मकन्ना बस्ने ३६ वर्षीया हरिनादेवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय लालीका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले बताए ।

गत राती १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पुर्‍याइएकी जोशीलाई रक्तश्राव (ब्लडिङ) को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हाे ।

प्रकाशित : चैत्र १८, २०८० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?