२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

बैतडीमा कोदालो प्रहारबाट श्रीमतीको हत्या

मनोज बडू

दार्चुला — बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान स्थानीय ६२ वर्षीया कृष्ण धामीले कोदालो प्रहारका कारण तीन जनालाई गम्भीर घाइते बनाएका थिए ।

स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदा उनकी श्रीमती ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्थानीय रामसिह धामीका अनुसार कृष्णको कोदालो प्रहारबाट गाउँपालिकाको उद्यम शाखामा कार्यरत दशरथचन्द नगरपालिका–९ का २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन् । घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि जिल्लाबाहिर लगिएको स्थानीयको भनाइ छ ।

गम्भीर देवराजको अवस्था चिन्ताजनक छ । प्रहरीका अनुसार कोदालो प्रहार गर्ने धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०८० १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?