२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

करणी आरोपमा एक युवक पक्राउ

मनोज बडू

दार्चुला — जबर्जस्ती करणी गरेको आरोपमा दार्चुलामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति करिब १० बजेतिर जिल्लाको लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

लेकम गाउँपालिका झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पत्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए ।

प्रहरीका अनुसार मानसिक रुपमा अस्वस्थ ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पार्कीले महिलालाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको सूचना अधिकारी शाहीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका पार्कीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा लिएर मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : फाल्गुन ३, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?