कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिलाई सिक्दै युवती 

डीबी बुढा

जुम्ला — आर्यआर्जनका क्रियाकलापमा महिलाको संलग्नता बढाउन तिला गाउँपालिकामा सिलाइकटाइ तालिम संचालन गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनलको सहयोग र तिला गाउॅपालिकाको समन्वयमा ३ सय ९० घण्टे सीपमूलक तालिम संचालन भइरहेको हो । तिलाका १८ जना युवती सिलाइकटाइ सिकिरहेका छन् ।

सिलाई सिक्दै युवती 

सिलाइ सिकेपछि घरमै मेसिन राखेर भए पनि स्वरोजगार बन्ने योजना बनाएको तिला–७ पोखरीकी २५ वर्षीया गोइली रोकायाले बताइन् । ‘पहिलो चरणमा बच्चाका लुगा सिलाउन सिक्यौं । अहिले सर्ट, पाइन्ट, दौरा, सुरुवाल र कोट, पाइन्ट सिलाउन सिक्दै छौं,’ तिला–५ की हरिदेवी बुढाले भनिन्,‘अर्काको कपडा सिलाएर आफ्नो रोजीरोटीको जोहो गर्ने निष्कर्षमा पुगेर अघि बढेका छौं ।’ सीप हासिल गरिसकेपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने सोच उनको छ ।

गाउॅपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले युवतीहरु सीप सिक्न निकै उत्साहित देखिएकाले व्यवसायका रुपमा अपनाएर राम्रो लाभ लिन सक्ने बताए ।

प्रकाशित : चैत्र १३, २०८० २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?