कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा विजयी

तृप्ति शाही

वीरेन्द्रनगर — नेकपा एमालेको सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा विजयी भएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका अमृत बीसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा विजयी

४९५ मतदाता रहेकामा खसेको कुल ४ सय ८६ मतमध्ये देवकोटाले ३ सय ५१ मत पाए । विसीले १ सय ३२ मत पाए ।

यस्तै उपाध्यक्षमा ३ सय ४६ मत ल्याएर मोहन बडुवाल विजयी भएका छन । सचिवमा डम्बरप्रसाद तिवारीले २ सय ९१ मत ल्याएर निर्वाचित भए । यस्तै उप-सचिव खुल्लामा टिकाराम सोमै ३ सय २४ मत ल्यार विजयी भए भने महिलामा सुशीला विश्वकर्मा ३ सय ३५ मत ल्याएर विजयी भइन् । पदाधिकारीमा देवकोटाको प्यानलै विजयी भएको हो ।

पदाधिकारीको मत गणना सकिएसँगै अब सदस्य पदको गणना सुरु गर्न लागिएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले बताए ।

प्रकाशित : चैत्र १२, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?