कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शारदा नदीको किनारमा एक जना मृत फेला

विप्लव महर्जन

सल्यान — सल्यानमा शारदा नदीको किनारमा एक वृद्ध मृत अबस्थामा फेला परेका छन् । जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगरस्थित शारदा नदीको किनारमा तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर घर भएका वर्ष ६० का दलबहादुर खत्री आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

शारदा नदीको किनारमा एक जना मृत फेला

मृतक खत्रीको टाउको शारदा नदीमा डुबेको र शरीरका भागहरु नदिको किनारमा रहेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी भवानीप्रसाद धमलाले बताए । उनका अनुसार मृत अवस्थामा भेटिएका खत्रीको शरीरका कुनै पनि भागमा चोटपटकको डाम छैन ।

खत्रीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक धमलाले जानकारी गराए । घटनास्थलको अहिले अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ११, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?