३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

'जलेर घाइते भएका बाबुछोरीको अवस्था चिन्ताजनक' 

कालिकोट — खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका बाबुछोरीलाई जुम्लामा पनि उपचार हुन नसकेपछि शनिबार बेलुकी ५ बजे हेलिकोप्टर मार्फत सुर्खेत लागिएको छ ।

'जलेर घाइते भएका बाबुछोरीको अवस्था चिन्ताजनक' 

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्र-५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती आगोले जलेर घाइते भएका थिए ।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि भाग्दाभाग्दै आगोले भेटाएर जलेर घाइते भएको आफन्त हिरामणि चौलागाईंले बताए । आगो निभाउन लागेका होइनन्। उनले भने, 'तलबाट आगो आएर भेटाएर घाइते भएका हुन् ।'

घाइतेहरूका बाख्रा पनि जलेका छन् । आगोले जलेर उनका ४५ बाख्रा मरेका र ६ वटा २ दिनका घरमा पाठा पनि भोकले मरेको प्रहरी प्रमुख डिएपी अर्जुन केसीले बताए। उनले आगो लगाउनेको खोजी भइरहेको सुनाए । घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लागेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लागिएको हो।

'अवस्था जटिल भएकाले सुर्खेत पठायौं,' उपचामा संलग्न चिकित्सक नवीन थापाले भने, 'शरीरको ६० प्रतिशत भाग जलेकाले सुधार हुन कठिन छ । अवस्था चिन्ताजनक छ ।'

दुवै बाबुछोरीको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०८० ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?