कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेक लाग्दा अपनाउनुपर्ने सावधानीबारे प्रहरीलाई तालिम

जनकबहादुर शाही

हुम्ला — हुम्ला जिल्लामा कार्यरत प्रहरीलाई लेख लाग्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक दिने तालिम दिइएको छ । हिमाली जिल्ला भएकाले कामको सिलसिलामा विभिन्न हिमाल चड्नुपर्ने हुँदा लेक लागेपछि यसबाट बच्ने उपाय र समाधान सम्बन्धी अनुशिक्षण तालिम गरिएको हो ।

लेक लाग्दा अपनाउनुपर्ने सावधानीबारे प्रहरीलाई तालिम

हिमाल चढ्दा लेक लाग्ने भएकाले लेक लाग्दा अपनाउनुपर्ने सावधानी र यसको प्राथामिक उपचारका वारेमा जिल्ला अस्पतालका डाक्टरले डाक्टर रोशन खनालले प्रशिक्षण दिएको हुम्ला प्रहरी प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीसँगै यसका मातहतका ७२ जना सुरक्षाकर्मीलाई लेक लाग्दा देखिने लक्षण, यसबाट बच्ने उपाय, प्राथमिक उपचार र लेक लागेपछि तत्काल अपनाउनुपर्ने समाधानका उपाय सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अनुशिक्षण तालिम गराइएको हो । अब काम विशेषले हिमालतिर जाँदा लेक लागेमा स्वास्थ्यकर्मीबिना नै प्रहरी कर्मचारीले प्राथामिक उपचार गर्न सक्ने भएको डिएसपी भट्टराईले बताए । सो तालिम जिल्ला समन्वय समितिको सभा हलमा सञ्चालन भएको थियो ।

प्रकाशित : चैत्र १९, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?