कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारामा हिउँ खेल्नेको भीड

राजबहादुर शाही

मुगु — रारामा हिउँ खेल्न आन्तरिक पर्यटक आउन थालेपछि चहलपहल बढेको छ ।

रारामा हिउँ खेल्नेको भीड

एक साताअघि भारी हिमपातले रारा सेताम्य भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न आउन थालेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर जयहरि धितालले बताए । हिमपातसँगै मौसममा सुधार आएपछि जिल्लाभित्र तथा बाहिरबाट दैनिक १५ देखि २० जना आन्तरिक पर्यटक रारामा आएर हिउँ खेल्न रमाउन आनन्द लिने गरेको उनको भनाइ छ ।

रारामा आएका आन्तरिक पर्यटक हिउँ खेल्ने, भिडियो, फोटो खिच्ने र घोडा चढेर हिउँमा वरपर घुम्ने गरेका छन् । कोही एक, दुई दिन रारामै बसेर वरपर घुमफिर गर्ने र कोही एक दिनमै फर्किने गरेका छन् ।

हिमपातले गर्दा रारामा आन्तरिक पर्यटकको चहलपहल बढाएको धितालको भनाइ छ । रारा घुम्न मौसम पनि सुरुवात हुन थालेको उनको भनाइ छ । एक महिनादेखि सुनसान बनेको रारा क्षेत्रका होटलहरुमा पनि आन्तरिक पर्यटक देखिन थालेका छन् ।

पर्यटकीय चहपहल बढन थालेपछि होटल व्यवसायी पनि खुसी हुन थालेका छन् । हिउँ खेल्न हवाईमार्गबाट आन्तरिक पर्यटक रारा पुग्न थालेको पर्यटक व्यवसायीदेखि कृष्ण रोकायाले बताए ।

हिउँ खेल्न कोही पर्यटक सडकमार्गबाट रारा आउने गरेका छन् भने कोही नेपालगञ्जदेखि जहाज चढेर रारा पुग्ने गरेका छन् ।

नेपालगञ्जदेखि गाडीमार्फत रारा पुग्न दुई दिन लाग्छ भने हवाईमार्गबाट ३५ मिनेट रारा विमानस्थल र त्यहाँबाट जिप तथा घोडा चढेर आधा घन्टामै रारातालको छेउमा पुगिने गरेको छ ।

प्रकाशित : माघ १७, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?