२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कृष्णसारले दुई महिनामै जन्माए ४४ बच्चा

कमल पन्थी

बर्दिया — मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसारले दुई महिना यता ४४ वटा बच्चा जन्माएका छन् । केही कृष्णसारका पोथी गर्भवती रहेकोले यसको संख्या अझै बढ्ने निश्चित छ । एउटा कृष्णसारले सामान्यतया वर्षमा दुई वटासम्म बच्चा जन्माउने गर्छिन् । विशेषगरी कृष्णसारले फागुन, चैत र असोज, कार्तिकमा बच्चा जन्माउने गरेका छन् ।

कृष्णसारले दुई महिनामै जन्माए ४४ बच्चा

दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया-२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् । हाल १ सय ४८ वयस्क पोथी, ३३ वटा भाले र ४४ बच्चा रहेका छन् । हालै जन्मिएका ४४ वटा कृष्णसारका बच्चा पोथी हुन् वा भाले छुट्टाउन तीन महिना लाग्ने संरक्षण क्षेत्रले जनाएको छ । भाले, पोथी र बच्चासहित २ सय ४४ कृष्णसार रहेको प्रमुख संरक्षण अधिकृत सुर्य खड्काले बताए ।

एक वर्ष अघि सम्म १ सय ९७ कृष्णसार रहेकोमा हाल ४७ वटा बढेको हो । संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत खड्काले चितुवा, हुडार, भुस्याहा कुकुरको आक्रमण रोक्न सुरक्षाका लागि रात्रीकालीन गस्ती गरिएको जनाए । सरकारले ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

७ सय ८ विघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० विघा बढी जग्गा भुमिहीनका नाममा घर जग्गा भएको कृष्णसार संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले बताए । अतिक्रमण गरेकामध्ये अधिकांशको घर जग्गा रहेकोले सरकारले उचित छानविन गरि व्यवस्थापन गर्नु पर्ने हुन्छ,’ उनले भने, 'अतिक्रमण नहटाए सम्म कृष्णसार संरक्षण हुन सक्दैन ।'

प्रकाशित : वैशाख १०, २०८१ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?