१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

तातो हावा र अत्यधिक गर्मीले  पश्चिम नवलपरासीको जनजीवन प्रभावित

नवीन पौडेल

परासी — दिनदिनै बढ्दै गएको गर्मी र तातो हावाको कारण पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ । तीन दिनदेखि बिहानैबाट तातो हावा चल्ने र दिउँसो तापक्रम ४० डीग्री सेल्सियससम्म पुगेपछि सर्वसाधरण घर बाहिर निस्कन सकेका छैनन् ।

तातो हावा र अत्यधिक गर्मीले  पश्चिम नवलपरासीको जनजीवन प्रभावित

अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था नरहेको सुनवलका यज्ञप्रसाद पौडेलले बताए । सोमबार दिउँसो १ बजे सदरमुकाम परासीमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

किसानले लगाएको हिउँदे बाली अत्यधिक सुक्खाका कारण सुक्न थालेको छ । दैनिक मजदुरी गरेर खानेको परिवारलाई तातो हावाको कारण काम गर्न असहज भएको छ । नयाँ शैक्षिक सत्रको सुरुआतमा नै गर्मी भएपछि विद्यालयको पठनपाठन पनि प्रभावित भएको छ ।

तातो हावा चलेसँगै नाकबाट रगत आउने समस्याका केही बिरामीहरु आउन थालेको बर्दघाटस्थित चिसापानी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. मन्जिला घिमिरेले बताइन् । तातो हावाले सुक्खा हुँदा शरीरमा पानीको मात्रा कम हुने हुँदा प्रशस्त मात्रामा पानी पिउन चिकित्सकले सुझाब दिएका छन् ।

प्रकाशित : वैशाख १०, २०८१ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?