२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

गगनशिला खड्का

गुल्मी — गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नं ६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

परियारले आइतबार साँझ मदिरा सेवन गरेर आफ्नै घरमा आगो लगाउँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल जानकारी दिए ।

पोखरेलका अनुसार परियारले आफ्नो घरमा मात्रै नभई छिमेकीको घरमा समेत आगो लगाइदिने धम्की दिने गरेका थिए । आगलागीबाट परियारको घर जलेको छ । उनकी श्रीमती सिता परियारलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले राहत उपलब्ध गराएको छ भने पक्राउ परेका परियारलाई छानबिन गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?