कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कपिलवस्तुमा भारतीय नागरिकको ‘अपहरण’ पछि हत्या

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको मायादेवी गाउँपालिकामा एक भारतीय नागरिकलाई अपहरण पछि कुटपिट गरेर हत्या गरिएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ ।

युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।

उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । घटनामा संलग्न भएको आशंकामा ३ नेपाली नागरिक पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको थियो ।

प्रकाशित : वैशाख ७, २०८१ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?