२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

लुम्बिनीमा एमालेले ३, कांग्रेस र माओवादीले २-२ वटा समिति सभापति लिने सहमति

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशसभाका संसदीय समितिको सभापतिमा दलीय भागबण्डा टुंगिएको छ । मिनि संसद्को रुपमा रहेका समितिको नेतृत्व दलहरुबीच भागण्डा मिले लगत्तै निर्वाचनको मिति तोकिएको हो ।

लुम्बिनीमा एमालेले ३, कांग्रेस र माओवादीले २-२ वटा समिति सभापति लिने सहमति

७ वटा समितिको सदस्य चयन गरेर जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरेपछि १७ महिना देखि संसदीय समितिका सभापति चयन भएको थिएन ।

दलहरुबीच एमालेलाई ३, कांग्रेस र माओवादीलाई २/२ वटा समितिको सभापति पाउने सहमति भएको छ । जस अनुसार एमालेको भागमा अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार समिति र विशेष अधिकार समितिको नेतृत्व पाउने भएको छ ।

कांग्रेसले सार्बजनिक लेखा समिति र कृषि समितिको सभापति पाएको छ । माओवादीले प्रदेश मामिला तथा कानून समिति र सामाजिक विकास समितिको नेतृत्व पाउने गरी दलीय सहमति गरेको माओवादी प्रमुख सचेतक इन्द्रजित थारुले बताए ।

संसदीय विषयगत समितिले सरकारका कारकारबाहीबारे छानविन गर्ने, अनुगमन गरी खबरदारी गर्ने र सदन नचलेका समयमा समेत काम गर्न पाउँछन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लकुमार पुन मगरले बैशाख ५ गते ७ वटा विषयगत समितिका समितिको निर्वाचन हुने सुचना जारी गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?