कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार पक्राउ परेका हुन् ।

परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले दाबी गरे ।

प्रकाशित : असार २४, २०८० २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?