२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

उखरमाउलो गर्मी : सिद्धार्थनगरमा ६ गतेसम्म सबै विद्यालय बन्द

गर्मी अत्यधिक बढ्दै गएपछि थपियो बिदा
माधव ढुंगाना

भैरहवा — अत्यधिक गर्मी बढ्दै जान थालेपछि भैरहवाका सबै विद्यालय असार ६ गते सम्मका लागि बन्द गरिएको छ ।

उखरमाउलो गर्मी : सिद्धार्थनगरमा ६ गतेसम्म सबै विद्यालय बन्द

सिद्धार्थनगर नगरपालिकाको नगर शिक्षा समितिको बैठकले नगरका संस्थागत, सामुदायिक र धार्मिक विद्यालयको बाल विकास तहदेखि १२ कक्षा सम्मका सबै तहको अध्ययन अध्यापन कार्य आइतबारदेखि लागू हुने गरी बुधबार सम्मका लागि बन्द गरिएको हो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले वर्षे बिदाबाट कट्टी हुने गरी तत्काल गर्मीबाट राहत दिनका लागि बिद्यालय बन्द गरिएको बताए । ‘सिद्धार्थनगर क्षेत्रको तापक्रम ४३ डिग्री भन्दा माथि छ', उनले भने, 'विद्यालय बन्द गर्नका लागि धेरै ठाउँबाट विद्यार्थीका अभिभावकबाट समेत अनुरोध आयो ।'

गर्मी बढ्दै जान थालेपछि सिद्धार्थनगर क्षेत्रमा पहिलो पटक गत जेठ २१ गतेदेखि विद्यालय बन्द गरिएको थियो । पहिलो चरणमा ५ दिन, दोस्रो चरणमा ६ दिन र तेस्रो चरणमा ४ दिन विद्यालय बन्द गरिएको हो । यस भन्दाअघि असार १ गतेसम्मका लागि बन्द गर्ने भनिएको थियो ।

असार ६ गते पछिका लागि मौसमको अवस्था हेरेर अर्को निर्णय गरिने लम्सालले बताए । सिद्धार्थनगर क्षेत्रमा सामुदायिक १७, संस्थागत ४० र धार्मिक १४ वटा गरी ७१ वटा विद्यालयमा २६ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : असार ३, २०८० १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?