१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

पृथ्वीराजमार्गको तनहुँस्थित मुसेखोलाको सडक भासियो, वैकल्पिक मार्गबाट यातायात सञ्चालन

सम्झना रसाइली

तनहुँं — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलामा सडकमाथिको जमिन भासिँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । ‘गण्डकी प्रदेशको लाइफलाइन’को रुपमा रहेको पृथ्वीराजमार्ग विस्तारको क्रममा शुक्रबार बिहान ११:३० बजे सडकमाथिको जमिन भासिँदा पहिरोको जोखिम बढेको हो । 

पृथ्वीराजमार्गको तनहुँस्थित मुसेखोलाको सडक भासियो, वैकल्पिक मार्गबाट यातायात सञ्चालन

पहिरोको जोखिम बढेपछि घाँसीकुवा–तालघरे सडक खण्ड अवरुद्ध गरिएको छ । मुसेखोला नजिकै भित्तो कटान गर्दा करिब ७२ मिटर माथिबाट पहाडै खस्ने जोखिम बढेको छ । विस्तारको क्रममा सडक माथिबाट जमिन चिरा परेकाले वैकल्पिक मार्ग प्रयोग गरी दिउँसोबाट यातायात सुचारु गरिएको आँवुखैरेनी–जामुने सडक विस्तार योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै मुसेखोला क्षेत्रमा सडक खण्ड विस्ताका क्रममा सडकको अन्दाजी ७२ मिटर माथिबाट अन्दाजी एक सय मिटर जमिन चिरा परेको र जुनसकै बेला पहिरो खस्न सक्ने र ढुंगा माटो झरिरहेकाले सबै सवारीसाधन तालघरेबाट रानीगाउँ हुँदै घाँसीकुवा निस्कने भित्री सडक खण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गरी आवगमन गर्नुहुन अनुरोध गरेको छ ।

वैकल्पिक मार्ग साँघुरो भएकोले यातयातका साधन एकतर्फी रुपमा सञ्चालन गरिएको छ ।

प्रकाशित : चैत्र २४, २०८० ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?