२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कमजोर कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका छ : भट्टराई

गोरखा — नेपाल समाजवादी पार्टी (नेसपा)का राष्ट्रिय महाधिवेशन आयोजन समितिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्टराइले निम्छरो र कमजोर खालको कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका उब्जिएको बताएका छन् । 

कमजोर कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका छ : भट्टराई

सरकारले बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड मार्फत् आयोजनाको काम अघि बढाएको छ । गृहजिल्ला गोरखामा बिहीबार संचारकर्मी सँगको कुराकानीको क्रममा यही अवस्थामा आयोजना सम्पन्न होला जस्तो नलागेको बताए ।

‘मलाई लाग्छ राष्ट्रिय गौरवको आयोजनाको रुपमा भन्दा पनि विपरीत छ, निम्छरो, कमजोर कम्पनीले बहुउदेश्यीक यति ठुलो आयोजना सम्पन्न गर्न सक्छ जस्तो लाग्दैन,’ उनले भने । राजनितिक अस्थिरता र सरकार परिवर्तनसँगै शुन्यबाट सुरु गर्ने प्रचलनले बुढीगण्डकी योजना तुहाउने भयो भन्ने आशंका लागेको भट्टराइले बताए ।

‘लगानीको मोडालिटि आदिको कुरा गर्नुभएको छ, पुरै डिटेल हेर्न बाँकी छ,’ उनले भने, ‘बाहिर आएको कुरा हेर्दा बेलामा सम्पन्न होला जस्तो लाग्दैन, बुढीगण्डकी आयोजना उहाँहरुले तुहाउनुभयो भन्ने आशंका लाग्छ, यो बढो दुखद कुरो छ ।’

आफ्नो पालामा राष्ट्रिय गौरवको आयोजनामध्ये बुढीगण्डकीलाई पहिलो/दोस्रोमा राखेर काम अघि बढाएको उनले बताए । ‘विशुद्ध जलविद्युत योजनकाको रुपमा मात्र लाने काम पछिल्लो सरकारले गरे, बहुउदेश्यीय योजना नेपाल आफैँले बनाएर मात्र गेमचेन्जर योजनाको रुपमा रुपान्तरण गरी बनाउन सकिन्छ भन्ने सोच थियो,’ उनले भने, ‘नेपाल आफैँले बनाउनुपर्छ ताकि प्राविधिक अनुभव पनि प्राप्त हुन्छ, जनशक्ति पनि तयार हुन्छ, जलविद्युत मात्र होइन, जलको पनि सदुपयोग र अन्य पर्यटन लगायतको उद्योगहरुको विकास हुन्छ भन्ने थियो ।’

बुढीगण्डकी स्वायत्त प्राधिकरण अन्तरगत बनाउने परिकल्पना रहेको पनि उनले सुनाए । ‘पहिले अपारदर्शी ढंगले विदेशी कम्पनीलाई दिने निर्णय गर्नुभयो, ब्यापक विरोधपछि नेपाल आफैँले बनाउने भन्ने त भयो, तर आलटाल हुदै आएको छ,’ उनले भने ।

प्रकाशित : चैत्र २२, २०८० २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?