कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना, ७ जना घाइते 

दीपक परियार

पोखरा — पोखरा–२२ पुम्दीभुम्दीमा आइतबार बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छोरेपाटनबाट विश्व शान्ति स्तुप हुँदै पुम्दीकोट जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटनामा परेको हो । उकालो उक्लिँदै गरेको बस पछाडि हटेर भीरबाट खसेको थियो । 

कास्कीको पुम्दीभुम्दीमा बस दुर्घटना, ७ जना घाइते 

घाइतेको उद्धार गरी पोखराको विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । घाइतेको उपचार फरक–फरक अस्पतालमा भइरहेकोले स्थितिबारे जानकारी दिने काम भइरहेको उनले उल्लेख गरे ।


प्रकाशित : कार्तिक १२, २०८० १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?