पूर्वी नवलपरासीमा निर्माण व्यवसायीद्वारा प्रशासनमा धर्ना

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीका निर्माण व्यवसायी आन्दोलित भएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी नगरेको, उपभोक्ता समितिको नाममा साना व्यवसायीहरुलाई कामविहीन बनाएको र मूल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । 

पूर्वी नवलपरासीमा निर्माण व्यवसायीद्वारा प्रशासनमा धर्ना

चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।

कोरोना कहर, आर्थिक मन्दीको समयमा निर्माण व्यवसायी धरासायी हुँदै जाँदासमेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ ।

विकास निर्माणका कामको मूल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।


प्रकाशित : श्रावण १४, २०८० १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?